नयाँ शैक्षिक सत्र : बैशाखमा भर्ना सकेर जेठबाट पठनपाठन गर्न निर्देशन

काठमाडौं /५ फागुन-सरकारले विद्यालयको नयाँ शैक्षिक सत्र जेठबाट सुरु गर्ने भएको छ । विद्यालयले लिने कक्षा १० सम्मका सबै परीक्षा बैशाखमा सञ्चालन गरी नतिजा प्रकाशन सकेर जेठबाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएको छ ।


कोभिड १९ का कारण पठनपाठन बन्द रहेकाले शैक्षिक सत्र २०७८ को चैत्र मसान्तसम्म पुरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गरेर सबै परुकारका परीक्षा बैशाखमा लिन दिर्नेशन गरेको हो ।


त्यसैगरी कक्षा १० को परीक्षा बैशाख ९ गतेदेखि सञ्चालन गर्ने तालिका सार्वजनिक गरीसकेकाले त्यसलाई विचार गरी स्थानीय तहले कक्षा आठको परीक्षा समेत बैशाखमा अनुकुल समयमा सञ्चालन गर्न भनिएको छ ।


विद्यालयको शैक्षिक सत्र २०७९ को नयाँ भर्ना समेत बैशाख महिनामा नै शुरु गर्ने र जेठ १ गतेदेखि नियमित पठनपाठन गर्ने र २०७९ चैत्र मसान्तभित्र राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरे बमोजिम पाठ्यघण्टा अनुसार पठनपाठन तथा सिकाई क्रियाकलाप एवं परीक्षा र मुल्याङ्कनका कार्य सकिने गरी विद्यालयले स्थानीय तहसँगको समन्वयमा वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यन्वयन गर्न निर्देशन दिएको छ ।