काठमाडौं /२ फागुन-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा दरबन्दीको समस्या रहेको बताउँदै यसलाई मिलाउनु पर्ने बताएका छन् । धेरै विद्यार्थी हुने विद्यालयमा र थोरै विद्यार्थीहुने विद्यालय विचमा दरबन्दीको व्यावस्थापन नमिलेको कारण यसलाई मिलाउनु पर्ने बताएका हुन् ।
आइतबार काठमाडौं विश्वविद्यालयमा खबर एजुकेशन मिडियाले आयोजना गरेको अन्तरक्रियामा मन्त्रीपौडेलले विद्यार्थी एकदमै कम भएका विद्यालयलाई अर्को विद्यालयमा गाभेर भएपनि दरबन्दी मिलाउनु पर्ने बताए । उनले दरबन्दी मिलानसँगै विद्यालय मर्ज गर्ने कुरा, नयाँ शिक्षकहरु लिने कुरा, विद्यालयमा आईसिटि पुर्याउने कुरा ,भौतिक पुर्वाधार पुर्याउने कुरा र समयअनुकुल पाठ्यक्रमलाई परीवर्तन गर्ने कुरालाई मन्त्रालयले विशेष ध्यान दिएको जाकारी दिए ।
कार्यक्रममा जे जे नयाँ विकास भएको छ पाठ्यक्रम पनि त्यसै अनुकुल परीवर्तन गर्नुपर्ने त्यो सँगै गुणस्तरीय शिक्षाका लागि विद्यालयमा सक्षम शिक्षकको खाँचो रहेको र विश्वविद्यालयले त्यस्ता शिक्षकहरु उत्पादनमा ध्यान दिन आग्रह गरे ।
“अहिले पढाई रहनु भएका शिक्षकहरुले राम्रो योगदान दिइरहनु भएको छ । तर विद्यार्थीहरुसँग कक्षा कोठामा गएर कुरा गर्दा दक्ष शिक्षकको आवश्यक रहेको गुनासो गर्छन” उनले भने ।

शिक्षामा लामो समय योगदान दिएका शिक्षकहरुले हिजोको जस्तो गरी पढाएर अबको शिक्षामा गुणस्तर नअनउने भन्दै त्यस्ता शिक्षकलाई विदा गर्नुको विकल्प नरहेको मन्त्री पौडेलले बताए । उनलेभने “मेहेनत गरेका शिक्षकहरुलाई राज्य र अर्थले सहमति दिएको खण्डमा गोल्डेन हेण्ड चेक दिएर सम्मानित रुपामा विदा गर्ने योजनामा छु ।” तर उहाँहरुले दुःख गरेको कुरालाई राज्यले सम्झिनु पर्छ ।
आफु मन्त्री भएपछि शिक्षकहरुले निकै सहयोग गरेको बताउँदै शिक्षकहरुका के के समस्याहरु छन् ति सबै हल गर्नका लागि निरन्तर वार्ता संवाद भइरहेको जानकारी दिँदै शिक्षकहरुलाई पनि कर्मचारी सरहनै बनाउँन आफु लगि परेको बताए । भने “शिक्षकहरुले आन्तिरी बढुवा कर्मचारी सरह नभएको गुनासो गरेकाले त्यसको काम पनि सुरु गरीएको छ । ऐन शंसोधन गरेर भएपनि कर्मचारी र शिक्षक बराबर नै हो भनेर प्रक्रिया अगाडी बढाउने काम सुरु गरेको छु ।”
त्यसैगरी विद्यालयमा १८ हजार शिक्षकको आवश्यक रहेको र परीक्षाको चरणमा रहेको जानकारी गराउँदै योग्य शिक्षक ल्याउनका लागि विज्ञहरुले सहयोग गरिदिन आग्रह गरे ।
साथै विद्यालयलाई व्यावस्थापन गर्न देशभरका सार्वजनिक विद्यालयको अवस्था ‘डिजिटल वेभ साइट’ मार्फत हेर्न सकिने गरी नक्सांकनको तयारी भइरहेको बताए । देशभरका सार्वजनिक विद्यालयमा केको आवश्यकता छ, त्यो अनलाइन मार्फत हेरि आवश्यकता अनुसारका भौतिक पूर्वाधार, आइसीटी ल्याब, घेराबार लगायतका शीर्षकमा बजेट छुट्याउन सकिने बताए ।

‘सबै विद्यालयको भौतिक अवस्था, विद्यार्थीको संख्या वेभसाइटमा अपडेट भएपछि त्यहाँ चाहिने आवश्यक पूर्वाधार, आइसीटी ल्याब बनाउँने गरी मन्त्रालयले तयारी गरेको छ, ’मन्त्री पौडेलले भने । उनले भने ‘कुन जिल्लाको कुन विद्यालयको अवस्था कस्तो छ भन्ने अब वेभसाइटमा हेरेर थाहा हुन्छ ।’
विद्यालय राम्रो बनाउन प्रध्यानध्यापक नै सक्रिय हुनुपर्ने बताउँदै व्यवस्थापन समितिको समन्वयमा विद्यालय नमुना बनाउन सकिने तर्क उनको थियो । ७५३ स्थानीय पालिकामा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु¥याउने काम भइरहेको बताउँदै भएकालाई नियमन गरी थप व्यवस्थित गरिने बताए ।
“बिरालो जस्तो सुकै होस त्यसको काम बिरालो मार्ने हो” चिनमा यो नारा चर्चित रहेको भन्दै “विद्यालय सार्वजिनक भए पनि संस्थागत भएपनि मुख्य कुरा जनशक्ति उत्पादन गर्ने हो” पौडेलले भने । जताबाट भएपनि राज्यको उदेश्य भनेको राम्रो जनशक्ति उत्पादन गर्ने हो । त्यसकारण एक अर्काको विरोधि हाइन परिपुरकका रुपमा अगाडी बढ्नुपर्ने बताए । संस्थागत विद्यालयले आफै लगानी गरेर सक्षम जनशक्ति उत्पादन गरेका छन् भने त्यसमा राज्य रिसाउनुपर्ने आवश्यक नरहेको तर्क गरे ।
उनले भने “ऐन कानुन, नियम बनाएर राज्यले दिने हो , भौतिक पुर्वाधार आफै बनाएर दक्ष जनशक्ति उत्पादन गरेका छन् भने नराम्रो मान्नु पर्ने केही छैन ।” शिक्षलाई पैसा कमाउने रुपमा नहेरी सेवामुलक रुपमा लिएर अगाडी बढ्न सुझाब दिए । तर गरेको लागानि नडुब्ने गरी जनशक्ति उत्पादन गर्नलाई राज्यले प्रणालि, कानुन र ऐन दिने बताए ।





