काठमाडौं /२३ माघ-त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले उपप्रध्यापक पदको स्थगित लिखित परीक्षा सञ्चालन गर्ने भएको छ । आयोगको कार्यालयले खुल्ला प्रतियोगिता अन्तर्गत उपप्रध्यापक पदको विभिन्न कारणले स्थगित गरेको लिखित परीक्षा सञ्चालन गर्ने भएको हो ।
स्थगित गरीएको परीक्षा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले फागुन २२ गतेदेखि सञ्चालन हुने जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले २०७७ फागुन ९ गते र २०७८ असार १५ गते प्रकाशित गरीएका विभिन्न विज्ञापनहरुमध्ये उपप्रध्यापक पदको लिखित परीक्षा २०७८ साउन १८ गते स्थगित गरेको थियो ।




