कक्षा ११ को रजिस्ट्रेसन फाराम बुझाउने समय थप

काठमाडौं /२३ माघ-राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन फाराम बुझाउने समय थप गरेको छ । बोर्डले माघ ७ गते भित्र सम्बन्भित कार्यालयहरुमा बुझाउन भने पनि विभिन्न कारणले फाराम बुझाउन छुटेका विद्यार्थीहरुका लागि समय थप गरेको हो ।


फाराम बुझाउन छुटेका विद्यार्थीहरुले माघ मसान्तभित्र देब्बर दस्तुर(प्रति विद्यार्थी ८००) सहित सम्बन्धित विद्यालय मार्फत बोर्डका कार्यलयहरुमा फारम बुझान सूचित गरेको छ ।