त्रिविद्धारा विद्यावारिधि तहमा नयाँ भर्नाका लागि आवेदन माग

काठमाडौं /१७ माघ-त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डिनको कार्यालयले विद्यावारिधि तहमा नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । एम.फिल तह पुरा गरी विद्यावारिधि कार्यक्रम अन्तर्गत नयाँ भर्नाका लागि आवेदन माग गरेको हो ।


विद्यावारिधि कार्यक्रम अन्तर्गत २०७८ साल समुहमा भर्ना भई अध्ययन गर्न इच्छुक उम्मेदवारका लागि आवेदन दिन खुल्ला गरीएको जनाएको छ । साथै आवेदन फाराम माघ १७ गतेदेखि फागुन १६ गतेसम्म नियमित शुल्कमा र २१ गतेसम्म देब्बर शुल्कमा दिन सकिने छ ।