काठमाडौं /१५ माघ-कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले पूर्व निर्धारित परीक्षा सञ्चालनका लागि सिफारिश गरेको छ । स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय , कलेजका परीक्षा पूर्व निर्धारित परीक्षा सञ्चालनका लागि सिफारिश गरेको हो ।
माघ १४ गते शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकलेले विद्यालय, कलेजका पूर्व निर्धारीत परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरीने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न नेपाल सरकारले पुस ३० को आदेश बमोजिम गर्न गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरेको छ ।
कोरोना भाइरसको जोखिम बढेपछि विद्यालय, विश्वविद्यालय, सिटिइभिटी लगायत सबै शैक्षिक संस्थाहरुले परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन् ।




