काठमाडौं /१४ माघ-कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म विद्यालयमा नखोल्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसी बैठकले माघ मसान्तसम्म विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको हो ।
सीसीएमसीसीको बैठकले माघ मसान्तसम्म वैकल्पिक विधिबाट पठनपाठन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । कोभिड १९ संक्रमण तीव्र फैलिरहेकाले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नदिने सिफारिस भएको हो ।
साथै खोप लगाउने अवस्थामा मात्र विद्यालय खोल्न पाउने तर भौतिक रुपमा पठनपाठन गर्ने नपाउनेगरी सिफारिस गरिएको छ । बैठकले विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस पनि गरेको छ ।
यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्न रेक लगाएकोमा यसलाई बढाएर माघ मसान्तसम्म बनाइएको हो ।



