काठमाडौं/ ६ माघ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ । कोभिड १९ को तिब्र संक्रमणका करण अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवं प्राध्यापक समेत संक्रमण भएका कारण सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।
त्रिभुवन विश्वविद्यलाय परीक्षा संचालक समितिको आज बसेको बैठकले हाल विश्वविद्यालय द्धारा संचालित वार्षिक तथा सेमेस्टर पैणालीका सम्पूर्ण परीक्षाहरु माग ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
विश्वविद्यालय अन्तर्गत हाल सञ्चान भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेको, केही परीक्षा सम्पन्न हुने क्रममा रहेको जानकारी गराउँदै केही परीक्षा सञ्चालनको पूर्व तयारी अवस्थामा कोभिड १९ का कारण स्थगित गरएिको जनाएको छ ।




