काठमाडौं/६ माघ-मल्पी इन्टरनेशनल कलेजले मल्पी फुटसल कप प्रतियोगिता सम्पन्न गरेको छ । एसीआईई र साउदर्न क्रस युनिभर्सिटीको सहकार्यमा पहिलो मल्पी फुटसल कप प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रतियोगितामा कक्षा १२ र स्नातक तहका विद्यार्थीहरुको सहभागित रहेको थियो । उक्त प्रतियोगीतामा विभिन्न कलेजहरूका ५० भन्दा बढी टिमहरूले भाग लिएका थिए । मल्पी इन्टरनेशनल कलेजको स्टुडेन्ट बडी– सेन्टर अफ स्पोर्ट्स एण्ड हबीले एसी आईई (अन्तर्राष्ट्रिय शिक्षाका लागि सल्लाहकार केन्द्र) र अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटी मुख्य क्याम्पसको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।
प्रतियोगीतामा याला एफसी ब्रोजाले प्रथम र टिम एसी आई ई उपविजेता भएका थिए । ग्रोजा एफ सीका रोशन खड्का उत्कृष्ट खेलाडी र टिम एसी आईई का पंकेश भुल उत्कृष्ट गोलकिपर घोषित भए । यसैगरि आयुष कुँवरले ८ गोल गरि सर्वाधिक गोल कर्ता बन्न सफल भए ।
यस कार्यक्रममा सोल्टी होटल्स लिमिटेड, युनाइटेड इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, फक्सवागन, एनआईबिएल एस क्यापिटल, सिद्धार्थ बैंक, कामनासेवा विकास बैंक लगायतका कम्पनीहरुले समेत सहयोग गरेका थिए । मेराकी हेल्थ सोलुसनले डाक्टर र नर्स सहित सबै आवश्यक चिकित्सा सेवाहरू उपलब्ध गराएको थियो।








