सिटिइभिटीको प्रि-डिप्लोमा तहको रजिस्ट्रेसन फाराम खुला

काठमाडौं /२८ पुस-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले प्रि डिप्लोमा तहको नियमित , विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम र औद्योगिक परीक्षार्थीहरुको रजिस्ट्रेसन फारम भरी बुझाउन भनिएको छ ।


शैक्षिक सत्र २०७८ ०७९ को भर्ना प्रक्रियामा समावेश भई भर्ना भएका सम्पुर्ण कार्यक्रमका विद्यार्थीहरुलाई रजिस्ट्रेसन फारम भरी सिटिइभिटीको प्रदेश कार्यालयमा बुझाउन भनिएको हो ।