कृषि अध्ययनका लागि आवेदन माग

काठमाडौं /३ पुस-कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा कृषि स्नातकोत्तर तहको विभिन्न विषयहरुको शैक्षिक कार्यक्रमहरुमा अध्ययनका लागि आवेदन माग गरिएको छ ।


अध्ययन गर्न चाहाने आवश्यक न्युनतम शैक्षिक योग्यता पुगेका विद्यार्थीहरुले पुस २ गतेदेखि २५ गतेसम्ममा आवेदन फाराम भर्नुपर्ने छ । साथै प्रवेश परीक्षा पुस २९ गते विहान ११ बजे कृषि संकाय डीनको कार्यलयमा हुने जनाइएको छ ।