शिक्षक सेवा आयोगको नियमावली संशोधन, शिक्षक बढुवाको बाटो खुल्यो

काठमाडौं/३ पुस-शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरिएको छ । शुक्रबार बसेको क्याबिनेट बैठकले स्वीकृत गर्दे नियमावलीको ११ औ संशोधन गरेएको हो ।


नियमावलीको १० औं संशोधनले खुला र बढुवाको परीक्षालाई एकै ठाउमा राखेर सामान्य र विषयगत परीक्षाको व्यवस्था गरेको हुँदा उक्त प्रावधानलाई संशोधन गरी फरकफरक प्रावधानमा परीक्षा सञ्चालन गर्न शिक्षक सेवा आयोगले संशोधनका लागि प्रस्ताव पठाएको थियो ।


संशोधन गरएिको नियमावली अनुसार नियम १८ मा आयोगमा लिइने परीक्षा र ३८ मा भएको प्रावधानलाई संशोधन गरी आन्तरिक प्रतियोगितामा विषयगत परीक्षाको प्रावधानलाई संशोधन गरी १०० पूर्णांकको लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा गरी जम्मा १२५ पूर्णांकको परीक्षाको व्यवस्था हुने आयोगले जनाएको छ ।


मन्त्री परिषद्ले शिक्षक सेवा आयोगको प्रस्ताव स्वीकृत गर्दै शिक्षा समितिले पठाएको प्रस्ताव शुक्रबार स्वीकृत गरेको छ । नियमावली संशोधन संगै आयोगलाई शिक्षक छनोट र बढुवाका लागि सबै बाटो खुलेको छ ।