शिक्षक सेवा आयोग द्धारा मावि तहको खुला विज्ञापनको सूचना जारी (हेर्नुहोस सूचना)

काठमाडौं/२९ मंसिर–शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापनको लागि सूचना जारी गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापनको सूचना जारी गरेको हो ।
आयोगले पुस १ गतेदेखि २९ गतेसम्म नियमित दस्तुरमा र माग ६ गतेसम्म देब्बर दस्तुरमा परीक्षा आवेदन फाराम भर्नुपर्ने सूचनामा उल्लेख गरेको छ । साथै चैत्र १५ परीक्षा सञ्चालन गरीने जनाएको छ ।


त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको छ । पहिलो पटक आयोगले अनलाइनबाट आवेदन दिन सकिने व्यावस्था गरेको हो ।