शैक्षिक गुणस्तर खस्कन नदिन नेपाल शिक्षक सङ्घको आपत्कालीन सेल

काठमाडौं/१७ मंसिर-नेपाल शिक्षक सङ्घले शैक्षिक गुणस्तर खस्कन नदिन आफ्नो सबै सांगठिन संरचनामा आपत्कालीन सेल निर्माण गर्ने निर्णय गरेको छ । सबै खाले विपत्तिले शैक्षिक क्षेत्रमा परेको प्रभावलाई न्यूनिकरण गर्दे विद्यालयको पठनपाठनलाई निरन्तरता दिन आपत्कालीन सेल निर्माण गर्ने निर्णय गरेको हो ।


सङ्घले आज विज्ञप्ति जारी गर्दै जस्तोसुकै विपत्तिमा पनि तत्कालै मानवीय क्षतिलाई समाधान गर्दै विद्यालयहरु सञ्चालन हुने र शिक्षा क्षेत्रलाई जोगाउन अघि बढ्ने निर्णयका साथ सेल निर्माण गर्ने निर्णय गरेको जनाएको छ ।


सेलले केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार र अन्य सहयोगी संघसंस्थाहरुसँग समन्वय गर्ने, सरकारलाई अबका विद्यालयलाई डिजिटल विद्यालयका रुपमा रुपान्तरण गर्न सरकारको कार्ययोजना बनाउने तथा भौतिक तथा मानवीय संसाधनको तयारीका लागि अघि बढाई सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दे शिक्षा क्षेत्रलाई जोगाउन अघिढ्ने निर्णय गरेको अध्यक्ष राजेन्द्रराज पौडेल जनाएका छन् ।