बागलुङ/१७ मंसिर-बागलुङ नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयका २८ जना विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछी विद्यालय बन्द भएको छ ।
दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए ।
विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजिन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुरोध गरिएको खनालले बताए ।



