काठमाडौं/१३ मंसिर-शिक्षा तथा मानवस्रोत विकास केन्द्रले साक्षर नेपाल अभियान अन्तर्गत स्थानीय तहका लागि साझेदारीमा आभारीत प्रोत्साहन अनुदान कार्यक्रमका लागि प्रस्तावना गर्न आह्वान गरेको छ । साक्षर घोषणा हुन बाँकी स्थानीय तहहरुमा साक्षरताका कार्यक्रमहरु सञ्चालन गरी साक्षर स्थानीय तह घोषणा कार्यक्रम सञ्चालनका लागि प्रस्तावना गर्न आह्वान गरेको हो ।
आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम अन्तर्गत साक्षर नेपाल अभियान सञ्चलनका लागि स्रोत व्यावस्थापनको प्रतिवद्धता र कार्ययोजना सहितको आफ्नो क्षेत्रभित्रका तोकिएको उमेर समुहका निपरिक्षकहरुको संख्या र सञ्चालन गर्नुपर्ने कक्षाको विवरण पठाउन केन्द्रले आग्रह गरेको छ ।
स्थानीय तहको प्रमुखको संयोजकत्वमा गठन भएको साक्षर अभियान समितिको साक्षरता कार्यक्रम सञ्चालन र घोषणा सम्बन्धि निर्णय र घोषणा, साक्षर कार्यक्रम सञ्चालनमा सामुदायिक सिकाइ केन्द्र,विद्यालय र वार्ड कार्यलयको जिम्मेवारी र भूमिका तथा कार्ययोजना पेश गर्दा स्थानीय तहका पदाधिकारीहरुको समयवधि सकिनु अगाडि नै सम्पन्न गर्ने गरी कार्ययोजना निर्माण सहितको प्रतिवद्धता पेश गर्नुपर्ने अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक निलकण्ठ ढकालले बताए ।
प्रस्तावना मंसिर मसान्त भित्र केन्द्रमा आइपुग्ने गरी पठाउनु पर्नेछ भने स्वीकृत भएका प्रस्तावनाहरुलाई साझेदारीमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम कार्यान्वयन प्रक्रिया,२०७८ बमोजिम अनुदान दिइने केन्द्रले जानकारी दिएको छ ।



