काठमाडौं/३० असोज-प्रतिस्पर्धाको युग छ । सानै उमेरबाट हामी आफ्नो बालबालिकालाई प्रतिस्पर्धा गर्न सिकाउछौं । छिटै पढ्यो भने बालबालिकाले राम्रोसंग छिटै कुराहरु सिक्छन् भन्ने आम धारणा हो । त्यसैगरी सहरीकरण बढे संगै संयुक्त परिवारबाट एकल परिवारको प्रचलन बढदै छ । परिवारमा वुवा आमा र छोराछारी हुन्छन् । परिवार धान्नको लागि दुवै आमावुवाले काम गर्नै पर्ने हुन्छ । कामको सिलसिलामा बालबालिकालको हेरचाह पनि राम्रो हुदैन त्यसैले अभिभावकहरुले उनीहरुलाई सकुल भर्ना गराइदिन्छन् ।
बच्चा घरमा बस्नु भन्दा स्कुल गए अभिभावक लाइ ढुक्क हुने र आफनो काम गर्नपाउने अभिभावकको इच्छा हुन्छ । यसो गर्नु धेरै अभिभावकहरुको बाध्यता हुन्छ भने केहिको रहर । २ वर्ष देखि अडाई वर्ष सम्म त आमाको स्तनपान गर्ने बालबालिकाको अधिकार हुन्छ । तर अहिले हाम्रो समाजमा देखावटिका लागि बच्चा १ बर्ष नपुग्दै स्कुल पठाइन्छ । त्यो बच्चाको मस्तिष्कमा कस्तो असर पर्छ ? त्यसको बिषयमा हामि कहिलै सचेत भएनौ । त्यही सानैबाट स्कुल गएर उमेर भन्दा धेरै कुरा सीकाउदा बच्चाको मस्तिष्कमा नराम्रो असर परेको हुन्छ र उसले ठुलो हुदासम्म राम्रोसँग पढ्न र बुजन सक्तैन् ।
स्कुलमा उनीहरुलाई विभिन्न शैक्षिक सामग्री प्रयोग गर्न दिइन्छ । उनीहरुलाई विभिन्न कुरामा समावेश गराइन्छ र धेरै कुरा सिकाइन्छ । यो भार बालबालिकाको क्षमताले धान्न नसक्ने विज्ञहरुको भनाइ छ । अमेरिकामा गरिएको , ‘रिडिङ इन किन्डरगार्डेन लिटल टु गेन एण्ड मच टु लुज’ मा प्राध्यापक न्यानसी कार्ससन–पेग र उहाँको सकर्मीले बालबालिकालाई सानै उमेरमा पढाउदा खतरा हुने उल्लेख गरेकि छिन् । पढाइमा राम्रो नगर्ने बालबालिकालाई पढाइमा सुस्त भएको मानिन्छ तर त्यस्तो होइन । सबै बच्चामा छिटो सम्झन सक्ने क्षमता हुदैन् तर त्यो बच्चालाई सुस्त भन्न मिल्दैन् ।
विद्यालयमा हरेक बालबालिकालाई एकै हिसाबले पढाइन्छ । एउटै तरिकाले पढाउदाँ राम्रो विद्यार्थीले छिटै सिक्न सक्छ तर ढिलो बुझ्ने बालबालिकालाई निकै समस्या हुन्छ । यहि समस्याका कारणले बालबालिकामा विभिन्न रोगहरु देखा पर्न सक्छ । अरुसंग बोल्न डराउने, विद्यालय जान नमान्ने, अरु भन्दा आफुलाई कमजोर ठान्ने हुन सक्छ । त्यसैले बच्चालाइ कम्तिमा पनि ४ बर्ष पुगेपछि मात्रै स्कुल पठाउदा राम्रो हुन्छ । खेल्ने कलिलो उमेरमा बच्चालाई अनावश्यक तनाव र दवाबमा विद्यलाय पठाउदा उसको मनोविज्ञानमा ठुलो असर परेको हुन्छ जसले गर्दा तपाईले सोचेको जस्तो बच्चा नबन्न सक्छ ।
त्यसकारण बाध्यताको नममा र रहरमा साना नानिहरुलाई विद्यलाय पठाउने, दबाब दिएर पढ्न लगाउने, आफ्नो तरीकाले पढाउने, नजाने गालि गर्ने जस्ता क्रियाकलाप अभिभावकले गर्नु हुदैन । उनिहरुलाई घरमै स्वतन्त्र तरीकाले खेल्ने वातावरणको सिर्जना गरिदिनु पर्छ न कि विद्यालय पठाएर होइन ।



