काठमाडौं/१ असोज-त्रिभुवन विश्वविद्यालयले सम्भव भएसम्म असोज १ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । विद्यार्थीहरुको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई हेरेर त्रिवि कार्यकारी परीषदले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
विश्वविद्यलाय अन्र्तगतका सबै क्याम्पस,विभाग,स्कुलहरुले स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहनेगरी स्थानीय निकायसंग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवम् सर्तकता अबलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको नेपालमा सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सचेतना अपनाई पूर्व तयारी एवम् सर्तकर्ता अवलम्बन गर्नुपर्ने त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचनामा उल्लेख गरेएको छ ।
अहिले विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा पठनपाठनका लागि अनलाइन कक्षा सञ्चालनको व्यावस्था गर्दै आएको छ ।



