काठमाडौं/१२ भदौ सत्तारुढ दल नेपाली काँग्रेसको शिक्षा विभागले राष्ट्रिय शिक्षा नीतिको प्रस्ताविक प्रतिवेदन तयार गरेको छ ।
नेपाली काँग्रेसको शिक्षा विभागले विभिन्न चरणको परामर्श, बैठक, शिक्षाविद् एवम् विज्ञहरुको सल्लाहलगायत पार्टीको दार्शनिक एवम् सैद्धान्तिक दस्तावेज एवम् राष्ट्रिय तथा अन्तराष्ट्रिय दस्तावेजहरुको अध्यक्षपश्चात् काँग्रेसको शिक्षा नीति तयार पारिएको शिक्षा विभागका सचिव डा.कृष्णप्रसाद पौडेलले जनाए ।
पौडेलका अनुसार नेपाली कांग्रेस शिक्षा विभागद्वारा तयार गरिएको “राष्ट्रिय शिक्षा नीति“ को प्रस्तावित प्रतिवेदन नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा दर्ता गराई मुख्य सचिवलाई हस्तान्तरण गरिएको र प्रतिवेदन आज नेपाली कांग्रेसको केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जानकारी दिनु भयो ।
काँग्रेसको राष्ट्रिय शिक्षा नीतिलाई केन्द्रीय समितिको बैठकमा छलफल गरी पारित गराई आगामी चौधौं केन्द्रीय महाधिवेशनमा प्रस्तुत गर्न पनि आग्रह गरिएको छ ।



