पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तर तहमा नयाँ भर्नाको लागि आवेदन खुला

काठमाडौं /३१ साउन-पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि र इन्जिनियरीङ्ग संकायले स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा नयाँ भर्नाको लागि आवेदन खुला गरेको छ ।


विज्ञान तथा प्रविधि र इन्जिनियरीङ्ग संकाय अन्र्तगतका सम्पूर्ण आंगिक एव्म सम्बन्धन प्राप्त क्याम्पस,कलेजहरुमा संचालित स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा नयाँ भर्नाको लागि आवेदन खुला गरेको हो ।


साथै शैक्षिक सत्र २०७७ ०७८ का लागि नयाँ विद्यार्थी भर्ना सम्बन्धि प्रवेश परीक्षा संचालन हुने भएकोले भर्ना हुन इच्छुक विद्यार्थीहरुले भदौ ११ गते भित्र र दोब्बर दस्तुर सहित १८ गते भित्र आवेदन फारम बुझाउन भसिनएको छ ।