काठमाडौँ /३१ साउन- लामो समयदेखि रहेको नेपाल शिक्षक महासङ्को नेतृत्व विवाद समाधान भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय समितिले शिक्षक कमला तुलाधरलाई कार्यवाहक अध्यक्षमा सिफारिस गरे पछि विवाद समाधान भएको हो ।
तात्कालीन अध्यक्ष बाबुराम थापा २०७६ चैत २९ गते अनिवार्य अवकास भएपछि पनि नेपाल शिक्षक महासङ्को नेतृत्व समालिरहेकको भन्दै विवाद सिर्जना भएको थियो । त्यसपछि नेपाल शिक्षक महासङ्घ दुई धारमा विभाजन भएको थियो ।
बाबुराम थापा अवकास भएपछि अध्यक्षमा अर्को व्याक्तिलाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सिफारिस गर्नुपर्नेमा त्यसो नगरी बाबुराम थापालाई नै निरन्तर दिनुपर्ने जोड दिदै आएको थियो । तर लामो समयको छलफल र विवाद पछि नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय समितिले कमला तुलाधरलाई कार्यवाहक अध्यक्षमा सिफारिस गरेको छ ।

नेतृत्वले नेतृत्व गरिरहेको वेलामा वर्हिगमन हुँदा नयाँ अध्यक्षको प्रवन्ध गर्नु पर्ने र नयाँ अध्यक्षले बुुझ्दा बुझ्दै समय जाने भन्दै कसैको अनिवार्य अवकास वा स्वच्छिक अवकास भए पनि उसले आफ्नो कार्यकाल पुरा गर्न पाउने प्रस्ताव नेपाल शिक्षक संघबाट आएको र त्यस अनुसार आफु अगाडि बढेको बाबुराम थापाले दाबि गर्दे आएका थिए । सँगसँगै अर्को प्रस्तावमा तिन वर्षको कार्यकाललाई बढाएर चारवर्षको बनाउँने एक खालको सहमति भएको समेत उनको भनाई थियो ।
वि.सं.२०७७ फाल्गुण २९ को विशेष राष्ट्रिय परिषदको निर्णयबाट चार बुँदे सहमति भएसँगै तात्कालीन अध्यक्ष बाबुराम थापा पदमुक्त हुनु भएपछि विधान वमोजिम् सहअध्यक्ष पूर्णप्रसाद दवाडीले कार्यवाहक अध्यक्षको जिम्मेवारी समाल्दै आएको महासचिव लक्ष्मीकिशोर सुवेदिले जानकारी दिए । साथै त्यही निर्णयमा उभिएर साउन ३० गते नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय समितिले विधान वमोजिम् शिक्षक नेता कमला तुलाधरलाई कार्यवाहक अध्यक्षमा सिफारिस गरेको बताए । यो सँगै नेपाल शिक्षक महासङ्को नेतृत्व विवाद सकिएको र नयाँ अध्यक्षको पदस्थापनासँगै बाबुराम थापालाई बिदाई गरिएको सुवेदीले जानकारी दिए ।
नयाँ अध्यक्षको जिम्मेवारीमा सिफारिस हुनु भएकी कमला तुलाधर नागार्जुन नगरपालिका काठमाडौको रत्नराज्य माध्यामिक विद्यालयकी शिक्षक हुन् ।






