आन्दोलनरत शिक्षकहरुलाई बालुवाटारबाट गिरफ्तार


काठमाडौं/२९ साउन–आन्दोलनरत शिक्षकहरुलाई आज प्रहरीले बालुवाटारबाट गिरफ्तार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका शिक्षकहरुलाई गिरफ्तार गरिएको हो ।


गिरफ्तार गरिएका शिक्षकहरुलाई कमल पोखरी अन्र्तगतको मालिगाउँ प्रहरी वृत्तमा राखिएको नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदि जानकारी दिएका छन् । नेपाल शिक्षक महासङ्घका नेताहरूमा महासंघका सहअध्यक्ष पूर्ण दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, शिक्षक संघका राष्ट्रिय अध्यक्ष राजेन्द्रराज पौडेल, महासचिव सोमनाथ गिरी, वरिष्ठ उपाध्यक्ष यमपी भुसाल, संघका केन्द्रीय उपमहासचिव सुन्दर पन्त, एकीकृत नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, विद्यालय कर्मचारी परिषद्का महासचिव प्रदीप श्रेष्ठ लगायतका एकसय भन्दा बढी शिक्षकहरुलाई मालिगाउँ प्रहरी वृत्तमा राखिएको छ ।


आफ्ना ३४ सुत्रिय माग सरकार समक्षा पेश गरेको र माग प्रति सरकारले सुनुवाई नगरे पछि दबाबका लागि धर्ना दिएको हो ।
बैशाख २० गते देखि चरणबद्ध आन्दोलन गर्दे आएको नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन अन्र्तगत आज बिहान १० बजे देखि दिउसो १ बजे सम्म करिब एक हजार भन्दा बढी शिक्षकहरुले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने कार्यक्रम रहेको थियो हुन ।


मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरणबद्ध आन्दोलन गरिरहेको छ ।