काठमाडौं/२३ साउन-एसईईको नतिजा साउन २५ गते भित्रनै सार्वजनिक हुने भएको छ । विद्यार्थीहरुको जिल्लाबाट आएको प्राप्ताङ्कलाई इन्ट्रिगरेर पनि अन्तिम प्रक्रियामा रहेकाले साउन २५ गते भित्र नतिजा सार्वजनिक हुने भएको हो ।
परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीका अनुसार विद्यार्थीको प्राप्ताङ्कलाई जिपिएमा परिवर्तन गर्ने काम भईरहेको, कनै विद्यार्थीको सबै विषयमा अनुपस्थिति देखिएकोले मिलाउने काम भईरहेका र कुनै कुनै विषयमा धेरै प्राप्ताङ्क र कुनैमा थोरै देखिएकोले कुनै त्रुटि नहोस भनेर मसिनोसँग हेर्ने काम भइरहेको बताउनु भयो ।
अहिले सम्मको अवस्थालाई हेर्दा समान्य अवस्थामा रहेको र प्राविधिक रुपमा समस्या नआए २५ गते वा २६ गते भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको परीक्षा नियन्त्रक अधिकारीले बताउनु भएको छ ।



