काठमाडौं/२२ साउन–चरणवद्ध आन्दोलन गर्दे आइरहेको नेपाल शिक्षक महासङ्घले आज सनोठिमी स्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यलयमा धर्ना दिएको छ ।
आफ्ना ३४ सुत्रिय माग सरकार समक्षा पेश गरेको र माग प्रति सरकारले सुनुवाई नगरे पछि दबाबका लागि धर्ना दिएको हो ।
बैशाख २० गते देखि चरणबद्ध आन्दोलन गर्दे आएको महासङ्घले चौथो चरणको आन्दोलन अन्र्तगत आज बिहान १० बजे देखि दिउसो १ बजे सम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यलयमा धर्ना दिएको छ ।
सहअध्यक्ष पुर्णप्रसाद दवाडीले देशै भरिका शिक्षकहरु आन्दोलित भएको र नेपाल सरकारसँग हामिले बारम्बार शिक्षकलाई गरेको विभेदको अन्त्यका लागि, शिक्षा ऐन ल्याउन र उच्च स्तरीय प्रतिवेदन सार्वजनिक गर्नका लागि दबाब सिर्जना गरिरहेको बताउनु भयो । अफ्ना माग पुरा गराउनका लागि निरन्तर आन्दोलनमा रहने बताउनु भयो ।
त्यस्तै नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदिले शिक्षकहरुका माग अहिले सम्म जेजति सम्बोधन भएका छन् ति आन्दोलनबाटै प्राप्त भएको र अबका माग पनि पुरा गरेरै छाड्ने बताउनु भयो । भन्नु भयो “हाम्रा माग जहिले सम्म पुरा हुदैनन हामि निरन्तर आन्दोलनमा रहने छौं र माग पुरा गरेर मात्र फर्कने छौं ।” साथै यस पछि कार्यक्रम प्रधानमन्त्रीको निबास अगाडी धर्ना गरिने जानकारी दिनु भयो ।
मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायत ३४ सुत्रिय माग राख्दै महासंघले चरणबद्ध आन्दोलन गरिरहेको छ ।



