काठमाडौं/ ७ असार -नेपाल नर्सिङ परिषद्ले लिने नामदर्ता प्रमाण-पत्र परीक्षा भदौ १९ गते गर्ने भएको छ । वार्षिक कार्य तालिका अनुसार नामदर्ता प्रमाण पत्रको परीक्षा भदौ १९ गते गर्ने भएको हो ।
परीक्षामा सामेल हुन परीक्षार्थीहरु प्रविणता प्रमाण-पत्र तह नर्सिङ वा वि.एस्सि नर्सिङ उत्तिर्ण भएको हुनु पर्ने र नेश्नल लाईसेन्स एक्जामिनेशन फर मिडवेभ्स् परीक्षामा सामेल हुने परीक्षार्थीहरु बिएमएस पास गरेको हुनु पर्ने जनाएको छ ।
साथै फारम अनलाइनबाट भर्न सकिने र फारम बुझाउने सामय साउन १० देखि भदौ ७ रहेको र दोब्बर दस्तुरमा भदौ ८ देखि १३ सम्म रहेको छ ।




