काठमाडौं /६ साउन-त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यलयले सम्बन्धन प्राप्त कलेजहरुमा विषय थपका लागि आवेदन माग गरेको छ ।
मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरुमा सञ्चालित कार्यक्रमहरु मध्ये स्नातक तहमा बिसिए बाहेकका विषय थपका लागि आवेदन माग गरेको हो ।
विषय थप्न इच्छुक सम्बन्धन प्राप्त कलेजहरुले साउन ३२ गतेभित्र डीन कार्यलयमा आवेदन दिन सकिने विश्वविद्यालयले जनाएको छ ।



