विराटनगर /१८ बैशाख – प्रदेश नम्बर १को सामाजिक विकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान महाशाखाले माध्यामिक शिक्षा परक्षिा कक्षा १० तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी टेलिभिजनबाट भर्चुअल कक्षा प्रशारण गर्ने भएको छ ।
नेपाली,अंग्रेजी,विज्ञान,गणित र सामाजिक विषयका भर्चुअल कक्षा एसईई तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरी प्रशारण गरिएको हो ।
उक्त भर्चुअल कक्षामा आफ्नो स्थानीय तहमा माध्यामिक शिक्षा परीक्षा कक्षा १० को परीक्षा तयारी गरेर बसेका सबै विद्यार्थीहरुलाई सहभागी गराइने छ । साथै कक्षा पश्चात विद्यार्थीहरुका जिज्ञाशाहरु समाधानका लगि सम्बन्धित विद्यालयका विषय शिक्षकको व्यावस्था मिलाउन सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ ।



