पोखरा विश्वविद्यालयले बैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने


काठमाडौं /१६ बैशाख – पोखरा विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सुचारु गर्ने परीक्षाहरु बैकल्पिक विधिबाट सुचारु गर्ने भएको छ ।

कोरोना महामारीका कारण विद्यार्थिको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न कठिन भए पछि विश्वविद्यालयले परीक्षाहरुलाई बैकल्पिक विधिबाट सुचारु गर्ने गरी प्रक्रिया अगाडि बढाएको सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिएका छन् ।

सीसीएमसीको निर्देशन समितिको बैठकले पूर्व निर्धारित सबै परीक्षा स्थगन गर्ने निर्णयसंगै अर्को सूचना नआएसम्मको लागि पोखरा विश्वविद्यालय परीक्षा समितिको बैठकले भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सम्पुर्ण परीक्षाहरु स्थगित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *