धनकुटा/१४ वैशाख– धनकुटास्थित इन्स्टिच्युट अफ हेल्थ साईन्सको एउटै कक्षाकोठाका १३ जना विद्यार्थी कोरोना संक्रमित भएका छन् ।
आवासीय रुपमा अध्ययनरत उनीहरु सबै हेल्थ असिस्टेन्ट(एचए) तेस्रो वर्षका विद्यार्थीहरु हुन् ।
एचए तेस्रो वर्षमा अहिले ४० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरुमध्ये १३ जनामा संक्रमण देखिएको हो । पोजेटिभ नतिजा आएकामध्ये अधिकांश लक्षणसहितका बिरामी छन् ।
विद्यार्थीमा संक्रमण देखिएपछि सो इन्स्टिच्युटका शिक्षक र कर्मचारी अहिले होम आइसोलेसनमा छन् ।



