काठमाडौं /२ बैशाख – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयसहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न अपिल गरेको छ ।
मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था रहेको जनाएको छ । साथै ति क्षेत्रमा भीडभाड हुने सबै हालसम्म बन्द गर्ने निर्णय भइनसकेको अवस्था भएकाले भिडभाड नगर्न र त्यस्ता क्षेत्रमा नजान सबैलाई आग्रह गरेको छ । ति क्षेत्रमा स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अपील गरेको छ ।





