शैक्षिक क्षेत्रसँगै सामाजिक सेवामा सूर्य नेपाल प्रा. लि को अग्रसरता

काठमाण्डौं/२७ चैत– नेपालका विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग प्रदान गर्दै आईरहेको सूर्य नेपाल प्रा.लि.ले सहयोग कार्यलाई निरन्तरता दिंदै बिहिबार म्याग्दे गाउँपालिका तनहुँलाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
म्याग्दे गाउँपालिकामा आयोजित एक कार्यक्रममा सूर्य नेपाल प्रा.लिले सो गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
कार्यक्रममा गाउँपालिका प्रमुखले सूर्य नेपाल प्रा. लि बाट यस क्षेत्रमा भईरहेको सहयोगको उच्च मूल्यांकन गर्दै भविस्यमा समेत यस्तै सहयोगको अपेक्षा हुने धारणा व्यक्त गरेका थिए भने गाउँपालिका अध्यक्ष माया देवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी, लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीलगायतले सूर्य नेपाल प्रा.लिले सामाजिक क्षेत्रमा उल्लेखनीय सहयोगमा महत्वपूर्ण भूमिका निभाउँदै आईरहेको प्रंशसा गर्दै आफ्नो तर्फबाट मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, म्याग्दे गा.पा ६ मा अवस्थित रत्न माविमा टिच फर नेपालसँग समन्वय गरी शुक्ला गण्डकी नगरपालिका तनहुँ शेराटारमा अवस्थित उक्त प्रा. लि. को शाखाले गणित, अङ्ग्रेजी र विज्ञान पढाउने शिक्षक, कम्प्युटर ल्याब तथा शैक्षिक सामाग्री वितरण लगायतका सेवा समेत प्रदान गरेको छ ।
गत असोजमा पनि शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको जानकारी गर्दै सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले यस क्षेत्रको समग्र विकासको लागि स्थानीयसँंग सहकार्य गर्दै अघि बढ्ने कम्पनीको नीति रहेको बताए ।
विगत लामो समयदेखि यस क्षेत्रमा सूर्य नेपाल प्रा. लिले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रहरूमा थुप्रै सहयोग गर्दै आईरहेको छ ।
सो कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायण प्रसाद अधिकारी, म्याग्दे गाउपालिका वार्ड नं. ६ का अध्यक्ष बसन थापा, सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एच. आर म्यानेजर अन्जन दुवाडी, कमर्सियल म्यानेजर गौतम यादव तथा सुरक्षा विभाग प्रमुख होमनाथ अर्याल लगायतको उल्लेख्य सहभागितामा रहेको थियो ।