काठमाण्डौं /२६ चैत– ग्लोबल विंग्सले वुमेन अफ ईन्फ्लूएन्स अवार्ड प्राप्त गर्न सफल भएको छ । ५० भन्दा बढी विधामा विश्वभरीका सयौं संस्थालाई दिईने यो पुरस्कारको विजेताहरु घोषणा भएसँगै नेपालकबाट ग्लोबल विंग्सले यो उपाधि पाएको हो ।
रुला अवार्डबाट सञ्चालित एसियन वुमेन अफ ईन्फ्लूएन्स अवार्ड एयर होस्टेज तालिम मार्फत् महिलाको प्रतिभा विकासमा प्रभावकारी भूमिका निर्वाह गरेको कारण संस्थाले सो उपाधि प्राप्त गरेको हो । सन् २०११ देखि प्रारम्भ भएको एसियन अवार्डको ११ औं संस्करणमा ५० देशका करीब २५० भन्दा बढी शिक्षासँग सम्बन्धित विज्ञहरुको सहभागिता रहेको थियो ।

विगत १० वर्ष देखि कक्षा १२ पास गरेका वा परीक्षा दिएर बसेका एयर होस्टेजमा भविष्य निर्माण गर्छु भनेर बसेका विद्यार्थीहरुलाई ग्लोबल विंग्स ईन्टरनेशलन एयर होस्टेजले अन्तर्राष्ट्रिय स्तरको तालिम दिदैं आईरहेको छ ।
यस क्षेत्रको प्रशिक्षकको रुपमा गहन ज्ञान भएकी संस्थाकी सिईओ सृष्टि शाक्यका अनुसार ग्लोबल विंग्स ईन्टरनेशलन एयर होस्टेजले परामर्श दिनुका साथै एयर हेस्टेज आधारभूत तालिम र एयर होस्टेज डिप्लोमा कोर्ष लगायतका विषयमा उत्कृष्ट प्रशिक्षण प्रदान गर्दै आईरहेको बताईन । साथै एसियन वुमेन अफ ईन्फ्लूएन्स अवार्डले यो क्षेत्रलाई अझ उचाइमा पु¥याउन हौसला मिलेको शाक्यले बताईन ।

२००९ः२०१५ आईएसओ सर्टिफईड यस कम्पनीले आईकाओ, आएटा र क्यान (सिएएन) को पाठ्यक्रममा आधारित रहेर प्रशिक्षण प्रदान गर्दै आईरहेको छ । साथै, अहिलेसम्मको रिकर्डलाई हेर्ने हो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर लाईन्समा उल्लेख्य संख्यामा यस संस्थाबाट प्रशिक्षण लिएका विद्यार्थीहरुले रोजगार प्राप्त गर्न सफल भएका छन् ।




