विद्यालयस्तरमा वैज्ञानिक सिकाइलाई प्रवद्र्धन गर्ने कार्ययोजना


काठमाडौं /२३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विज्ञान प्रविधि तथा नवप्रवर्तन निति २०६७ लाई कार्यन्वयन गर्नका लागि तयार गरिएको रणनीतिक कार्ययोजना २०७७ प्रस्तुत गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा मन्त्रालयका तर्फबाट रणनीतिक कार्ययोजना प्रस्तुत गरिुएको हो ।

कार्ययोजनामा अनुसन्धान तथा विकासलाई परिणाममुखी वनाई उद्यमशीलतासँग आवद्ध गराउने,वैज्ञानिक चेतना वृद्धि गर्ने, विद्यालयस्तरमा वैज्ञानिक सिकाइ प्रवद्र्धन र विज्ञान शिक्षालाई प्रभावकारी वनाउने उल्लेख छ ।

त्यसैगरी उच्च शिक्षामा विज्ञान प्रविधिसम्बन्धी अध्ययन तथा अनुसन्धानलाई गुणस्तरीय बनाउनुका साथै त्यसको पहुँच बढाउने,प्राविधिक तथा व्यावसायिक शिक्षाको आर्कषण तथा प्रभावकारिता वृद्धि गर्ने,मौलिक ज्ञान तथा परम्परागत प्रविधिको संरक्षण,संवद्र्धन तथा व्यावसायीकरणमार्फत विज्ञान,प्रविधि र नवप्रर्वतनका क्षेत्रको व्यापक रुपले रुपान्तरण गर्ने उदेश्य पनि कार्ययोजनामा रहेको छ ।

यसका साथै सुरुङ मार्ग,पाहाडी भूभागमा निर्माण हुने सडक,पुल ,बाँध, विद्युत्सम्बन्धी संरचना,जलाशय,नहर,खनिज सम्पदा र औषधिजन्य वनस्पतिको प्रशोधनका क्षेत्रमा विज्ञान प्रविधिको उपयोग गर्ने अवसर पनि कार्ययोजनाको कार्यान्वयनमार्फत प्राप्त हुने जनाइएको छ ।गोरखापत्रबाट ।