काठमाडौं /१४ चैत – पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले स्नातक तहका शैक्षिक कार्यक्रमहरुको पूनः प्रवेश परीक्षा लिने भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय र इन्जिनियरीङ संकाय अन्तर्गत सम्बन्धन प्राप्त कलेजहरुमा र आंगिक कलेजहरुको स्नातक तहका विभिन्न कार्यक्रमहरुमा रिक्त रहेका कोटा संख्यामा नयाँ विद्यार्थी भर्नाका लागि पूनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको हो ।



