शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति गर्न नेपाली कांग्रेस शिक्षा विभागको माग


काठमाडौं /९ चैत – शिक्षक सेवा आयोगका पदाधिकारी निसर्त नियुक्ति गर्न नेपाली कांग्रेस शिक्षा विभागले माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दे शिक्षक सेवा आयोगका पदाधिकारीको सिफारीस गर्न गठित छनोट समितिले नाम सिफारीस गर्दा पनि शिक्षा मन्त्रीले गरेको ढिलाई प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ सिफारीसलाई परीवर्तन गर्न नेपाल सरकारका शिक्षा मन्त्रीले पटक पटक पदधिकारी सिफारीस समितिका अध्यक्ष तथा सदस्यहरुलाई दवाव दिएकोमा नेपाली कांग्रेस शिक्षा विभागको ध्यानाकर्षण भएको छ । साथै उक्त सिफारीस रोक्नु निन्दनिय, खेदजनक र अलनेकतान्त्रिक कार्य हो ।

पदाधिकारी निसर्त नियुक्ति गरी टुंगोमा पु¥याई राज्यको शिक्षा प्रतिको दायित्व जिम्मेवारीका साथ निर्वाह गर्न नेपाली कांग्रेस शिक्षा विभगले जाृडदार माग राखेको छ ।

समितिले कार्तिक २२ गते आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी,सदस्यमा डा. डिल्लीराम रिमाल र सदस्यमा नन्दकुमारी महर्जनलाई सिफारीस गरेको थियो ।