काठमाण्डौ /६ चैत – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा ११ को आंशिक ,ग्रेडवृद्धि परीक्षार्थीहरुको परीक्षा आवेदन फारम खुलाएको छ ।
कक्षा ११ मा अध्ययन गरी अक्षराङ्कन पद्धति तर्फ रजिष्टे«सन नम्बरका सुरुका दुई अंक ७४,७५ वा ७६ भएका कुनै विषयमा सि वा सो भन्दा तलको ग्रेड प्राप्त गरी ग्रेडवृद्धि परीक्षामा सामेल हुनुपर्ने परीक्षार्थीहरु तथा आंशिक परीक्षार्थीहरु रजिष्टे«सन नम्बरका सुरुका दुई अंक ७०,७१,७२ वा ७३ भएका र हाल सम्म कुनै विषयमा उत्तीर्ण हुन नसकेका विद्यार्थीहरुको नतिजा बोर्डबाट प्रमाणीकरण गर्नुपर्ने भएकोले त्यस्ता परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्न भनिएकोे छ ।




