शैक्षिक क्षेत्रको विकासबाट मात्र मुलुक समृद्ध बन्छ ः मुख्यमन्त्री पौडेल

हेटौंडा/२७ फागुन– वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्रको विकासबाट मात्रै मुलुक समृद्ध हुने विश्वास प्रकट गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित भैरवरोडमा रहेको मकवानपुर टेक्निकल इन्ष्टिच्युटको २५ औं वार्षिक उत्सव कार्यक्रमको बिहीबार उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले शैक्षिक क्षेत्रको विकासबाटै समृद्ध मुलुकको परिकल्पनाले सार्थकता पाउने बताएका हुन् ।
उनले शैक्षिक क्षेत्र विकासका लागि प्रदेश सरकार दृढताका साथ लागिपर्ने समेत बताएका छन् ।
मुख्यमन्त्री पौडेलले इन्ष्टिच्युटले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा पु¥याएको योगदानको प्रशंसा गर्दै निजी क्षेत्रबाट सञ्चालित इन्ष्टिच्युटले सफलतापूर्वक २५ औं वर्ष मनाएकोेमा शुभकामना व्यक्त गरे । साथै, उनले दक्ष स्वास्थ्यकर्मी तथा रोजगार उत्पादनमा इन्ष्टिच्युटलाई अझ सशक्त रुपमा लाग्न आग्रह समेत गरे ।
मकवानपुर टेक्निकल इन्ष्टिच्युटले स्वास्थ्य क्षेत्रका अनमी, सिएमए, ल्याब असिस्टेन्ट, हेल्थ असिस्टेन्ट लगायतका विषयको कक्षा संचालन गर्दै आएको छ ।