कक्षा ११ को परीक्षाफल चैतको पहिलो सातामा प्रकाशित हुने


काठमाण्डौं /२६ फागुन – राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत्रको पहिलो सातामा कक्षा ११ को आशिंक तथा ग्रेड वृद्धिको परीक्षाफल प्रकाशित हुने जनाएको छ ।

बोर्ड स्रोतले परीक्षाफल सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । बोर्डका अनुसार सो परीक्षाको रिजल्ट कम्प्यूटरमा ईन्ट्रि गर्ने काम सकिसकेको तर रुजु र टेबुलेशनको काम भईरहेको बताएको छ ।

यो वर्ष ०६५–०७६ सम्मका विद्यार्थीहरुका लागि विशेष प्राथमिकतामा राख्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षा सञ्चालन गरेको थियो ।