अनामिका श्रीवास्तव
प्रिन्सिपल
भि.एस. इन्टरनेशनल कलेज
स्नातक तहमा विषय छनौट गर्दा विद्यार्थीहरुले के–के कुराहरुमा ध्यान दिनु जरुरी छ ?
विषय छनौट गर्दा विद्यार्थीहरूले आफ्नो रूचीको विषयका कुराहरूमा ध्यान दिनु पर्छ । विद्यार्थीहरुले आफ्नो लक्ष्यलाई केन्द्रमा राखि आफ्नो दक्षतालाई हेरेर विषयको छनौट गर्नु पर्छ ।
भि.एस इन्टरनेशनल कलेजले कुनकुन कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ र शुल्क कस्तो छ ?
कलेजले स्नातक तहमा व्यवस्थापन संकाय तर्फ वि.वि.एम. र वि.वि.एस, मानविकी संकायतर्फ वि.वि.ए र वि.ए. अन्तर्गत समाजिक कार्यक्रम संचालन गरेको छ भने स्नातकोत्तर तर्फ एम.वि.एस. कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
यस कलेजको शुल्क मध्यम खालको छ । जसमा मध्यम वर्गका विद्यार्थीहरूलाई स्थानमा राखेर शुल्क निर्धारण गरिएको छ । शुल्कको तुलनामा विद्यार्थीरूले प्राप्त गर्ने सुविधा अत्यन्त आकर्षक र राम्रो छ ।
विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था कस्तो छ ?
स्नातक तहमा सम्पूर्ण कार्यक्रममा जेहेन्दार विद्यार्थीहरूलाई ५० प्रतिशतसम्म विभिन्न छात्रवृत्तिहरू प्रदान गरिएको छ । जस अन्तर्गत् कक्षा ११, १२ को नतिजा, गरिब र जेहेन्दारको प्रमाण पत्रको आधारमा प्रवेश परिक्षाको आधारमा छात्रवृत्ति निर्धारण गरको छ ।
भि.एस. इन्टरनेशनल कलेज नै किन पढ्ने, अरुको तुलनामा यो कलेजको वातावरण र अवस्था कस्तो छ ?
भि.एस. इन्टरनेशनल कलेजमा विभिन्न विश्व विद्यालयमा कार्यरत विभिन्न विषयको अध्ययन तथा अनुभवी प्राध्यापक तथा शिक्षकहरुले अध्यापन गराउँदै आईरहेका छन् । श्रव्य, दृश्यको माध्यमबाट कक्षाहरू संचालन हुने हुँदा सम्पूर्ण कक्षाहरूमा प्रोजेक्टरको व्यवस्थाका साथै यस कलेजमा प्रविधिमैत्री वातावरण रहेको छ । विद्यार्थी केन्द्रित भई पठन–पाठन गरिने भएकाले यो कलेज विद्यार्थीको रोजाइमा पर्न सक्छ ।
कलेजको वातावरण शान्त, पारिवारीक र मित्रवत् भएकाले सम्पूर्ण विद्यार्थीहरूले सहजताको महसुस गर्छन् । विद्यार्थीलाई चाहिने सम्पूर्ण सुविधाहरूको व्यवस्था कलेजले नै गर्ने गर्दछ ।
विषय अनुसार पढ्न विद्यार्थीहरुको शैक्षिक योग्यता कति चाहिन्छ ?
स्नातकमा अध्ययन गर्ने सम्पूर्णले विद्यार्थी कक्षा १२ सम्मको परीक्षा उत्तीर्ण गरी सम्पूर्ण विषयमा कम्तीमा D+ प्राप्त गरेको हुनुपर्छ र BBM अध्ययन गर्न त्रिभुवन विश्व विद्यालयले लिनेCMAT को परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । अन्य कार्यक्रम जस्तै BBS र BSW को लागि भने कलेजमा सिधै भर्ना गर्न सकिन्छ । MBS को लागि भने स्नातकोत्तरको कुनै पनि विषयको नतिजाको अधारमा भर्ना गर्न सकिन्छ ।
भि.एस इन्टरनेशनल कलेजका अरु थप सेवा–सुविधाहरु के–के छन् ?
यस कलेजका विशेषताहरु भन्नुपर्दा यस कलेजले आवश्यकता अनुसारको विद्यार्थीहरुलाई समयसमयमा शैक्षिक अध्ययन र अन्वेशण भ्रमणमा लैजाने र अतिरिक्त क्रियाकलापहरुलाई प्रवद्र्धन गर्दै लगिएको छ ।



