काठमाडौं /२० फागुन – सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय कार्यलयले शैक्षिक सत्र २०७७/७८ मा स्नातक तहमा कक्षा १२ को परीक्षामा उत्र्तीण भएका तर कक्षा ११ को व्यक पेपर को पर्खाइमा रहेका विद्यार्थीले नयाँ भर्नाको लागि प्रवेश परीक्षामा सहभागी हुन पाउने भएका छन ।
साथै कक्षा १२ को सुधार परीक्षा दिएका विद्यार्थीहरुले विश्वविद्यालको नयाँ भर्नाको प्रवेश परीक्षामा सहभागी हुन पाउने छन । त्यस्ता विद्यार्थीले प्रवेश परीक्षामा उत्तिर्ण भएपछि विश्वविद्यालयले तोकेको समय सिमाभित्र सम्बन्धित क्याम्पस/विभागमा भर्ना हुँदा ११/१२ को कक्षामा उत्तिर्ण भएका प्रमाणपत्र पेश गरेर मात्र भर्ना लिने निर्णय भएको विश्वविद्यालयले जनाएको छ ।



