ललितपुर/१९ फागुन –ललितपुरको एकान्तकुनामा भएको सवारी दुर्घटनामा आज कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत एक जना विद्यार्थीको मृत्यु भएको छ ।
बुधबार बिहान स १ ज ५६७ नं. को जीपले ठक्कर दिँदा गम्भीर घाइते अञ्जु दाहालको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक १९ वर्षीया अञ्जु दाहाल सिन्धुपाल्चोककी बासिन्दा रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
गाडी र चालकलाई नियन्त्रणमा लिइएको परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
सो दुर्घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुले चालकको लापरवाहीका कारणले दुर्घटना भएको आरोप लगाउँदै कारवाही तथा उचित क्षतिपूर्तिकाे माग गरेका छन् ।



