बीए. एल. एल. बी प्रवेश परिक्षाको आवेदन फाराम भर्ने म्याद थप

काठमाण्डौं/१९ फागुन– त्रिभुवन विश्वविद्यालयले कानुन संकाय अन्तर्गको बीए. एल. एल. बी प्रवेश परिक्षाको आवेदन फाराम भर्ने म्याद केहि दिनका लागि थप गरेको छ ।
शैक्षिक सत्र २०७७÷०७८ का लागि एल. एल. बि प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि सञ्चालन हुने प्रवेश परीक्षाको फारामसंगै लब्धांक पत्र लगायत अन्य आवश्यक कागजातहरु अधिकांश विद्यार्थीहरुले उपलब्ध नगराएका कारण प्रवेश परिक्षा पर सरेको हो ।
प्रवेश परिक्षा यहि मिति २०७७ साल चैत २१ गते शनिबार हुने भएको छ भने विद्यार्थीहरुले चैत्र १३ गते सम्ममा फाराम बुझाईसक्नुपर्ने छ ।
थप जानकारीका लागि विद्यार्थीहरुले www.fol.edu.np मा गई सूचना हेर्न सकिनेछ ।