विद्यालय पढ्ने तीन सय छात्रा अपहरणमुक्त

काठमाण्डौं/१८ फागुन– नाइजेरियाबाट गत साता अपहरणमा परेका तीन सय विद्यालय पढ्ने छात्राहरुलाई सोमबार अपहरणमुक्त गरिएका छन् ।
उत्तर पश्चिमी जामफ्रा राज्यको जंगिबेस्थित एक निजी विद्यालयमा अध्ययनरत तीन सय छात्रालाई गत साता अज्ञात बन्दूकधारी समूहले अपहरण गरेका थिए ।
उक्त राज्यका गभर्नरले सबै छात्रालाई मुक्त गरिएको र उनीहरु सुरक्षित रहेको जानकारी दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार जामफ्रास्थित एक सरकारी भवनमा अपहरणमुक्त भएका छात्राहरु जम्मा भएको छ । गभर्नर बेल्लो म्यानवल्लेले आफ्नो ट्वीटर सामाजिक सञ्जाल मार्फत् अपहरणमा परेका छात्राहरु मुक्त भएको खबर पाउँदा आफू अत्यन्तै हर्षित भएको उल्लेख गरेको छ ।
गत साता प्रहरीले ३१७ छात्रा अपहरणमा परेको भनेर दिएको विवरण गलत रहेकोे दाबी गर्दै अधिकारीहरुले २७९ जना छात्रा अपहरणमुक्त भएको जनाएको छ ।