आर आर क्याम्पसमा विद्यार्थीहरूबीच झडप

काठमाण्डौँ/१८ फागुन– काठमाण्डौँ प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा विद्यार्थीबीच आज बिहान झडप भएको छ ।
कक्षमा टाँगिएको ब्यानर ओली पक्षधरका नेताले च्यातिदिए पछि आज प्रचण्ड–नेपाल र ओली पक्षका दुवै संगठनका विद्यार्थीबीच कुटाकुट भएको हो ।
झडपमा संलग्न प्रचण्ड–नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
आज बिहानै प्रचण्ड–नेपाल समूह निकटका विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र सोधपुछ कक्ष निर्माण गर्ने क्रममा सोधपुछ कक्षमा टाँगिएको ब्यानर ओली पक्षधरका नेताले च्यातिदिए पछि विवाद उत्पन्न भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।
दुवै पक्षका विद्यार्थी नेताहरुलाई अहिले विवादका बारे छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।