नेपाल खुला विश्वविद्यालयको सामाजिक शास्त्र तथा विज्ञान संकायमा आवेदन खुला


काठमाण्डौं १७ फागुन– नेपाल खुला विश्वविद्यालयले मानविकीअन्तर्गत सामाजिक शास्त्र तथा शिक्षा संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायअन्तर्गत विभिन्न विषयहरुमा भर्ना आवेदन खुला गरेको छ ।

खुला विश्वविद्यालयले मानविकीअन्तर्गत सामाजिक शास्त्र संकायद्धारा सञ्चालित एमफिल तथा विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायअन्तर्गत विभिन्न कार्यक्रम अध्ययन गर्न चाहनेका लागि आवेदन खुला गरेको हो ।

आवेदन फारम २०७७ चैत्र १५ गते सम्म सम्बन्धित विभागमा पेस गर्नुपर्ने छ । थप जानकारी विश्वविद्यालयको वेबसाईट www. nou.edu.np मा हेर्न सकिनेछ ।