काठमाण्डौं/१७ फागुन– स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को नयाँ कार्यसमितीलाई निमास एजुकेशनले आफ्नो कार्यलयमा स्वागत गर्दै बधाई तथा शुभकामना प्रदान गरेको छ ।
निमासले आफ्नो कार्यलय भित्रै गरेको सो कार्यक्रममा बोल्दै फेकनका नवनिर्वाचित अध्यक्ष वासु नेपालले सरकारले व्यवसायलाई हेर्ने नजर फरक भएको बताएका छन् । उनले भने, “राज्यका कतिपय नीतिनियमका कुरा स्पष्ट छैनन् । अहिले बनेका नियमावलीमा भने व्यवसाय सम्बन्धी केही संशोधन भएर अब संघीयता मैं बस्छौ कि भन्ने आशा चाहिँ पलाएको छ ।”
उनका अनुसार परामर्शदातृ संस्था सरकारको नियममा बाँधेर काम गर्ने संस्था हो, यो परामर्श दिने सेवा हो । परामर्शदातृ संस्था भएको हुनाले यसले परामर्श सेवा मात्र प्रदान गर्ने हो, राज्यले बनाएका नीति नियमविपरीत यसले अरु कार्य गर्न मिल्दैन । किनकि यो संस्था अब एउटा संस्था मात्रै नभएर राज्यले समेत यसलाई उद्योगको रुपमा लिएको छ । नेपालमा अहिले पाँच हजारभन्दा बढी परामर्शदातृ संस्था भएका कारण यसबाट धेरै जनाले रोजगार पाएका छन् । तसर्थ, अबयो संस्थाले राज्यको नीति नियममा बसेर काम गर्नुपर्छ र राज्यले पनि यस व्यवसायलाई हेर्ने नजरमा परिवर्तन गर्न आवश्यक देखेको उनको भनाई छ ।
सबै सदस्यलाई बधाई तथा शुभकामना दिदाँ सम्बन्धलाई सुमधुर बनाउने मात्रै नभएर यसले एउटा सिस्टम बसाल्ने काम गर्ने भन्दै निमास एजुकेशनकी प्रबन्ध निर्देशक गीता रिजालले फेकनको चुनावि मैदानमा गएर कसैको जीत कसैको हार भएपनि सबै मिलेर अघि बढ्नुपर्छ र सबै मिलेर अघि बढेमा मात्र संस्थाको उचाई पनि बढ्ने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितीका पदाधिकारीले आफूहरुले पाएको जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने र आगामी दिनहरुमा फेकनको उचाई बढाउने मात्रै नभएर व्यवसायीक हकहितका लागि पनि अघि सर्ने बताएका छन् ।
निमास एजुकेशनद्वारा फेकनको नयाँ कार्यसमितीलाई बधाई तथा शुभकामना








