स्वीकृत नभएका पाठ्यपुस्तक विद्यालयमा प्रयोग भए कारबाही हुने


काठमाडौ /१६ फागुन – विद्यालय तहमा पठ्यक्रम विकास केन्द्रले निर्धारण गरको नयाँ पाठ्यक्रम संरचना कार्यन्वयन गर्न भनेको छ । शैक्षिक सत्र २०७७ मा कक्षा १ देखि ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएकामा कतिपय विद्यालयले पुरानै पाठ्यक्रम र पाठ्यपुस्तक प्रयोग गरेको गुनासा प्राप्त भएकाले विद्यालयले स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक प्रयोग गर्न भनेको हो ।

साथै थप पाठ्यसामग्री प्रयोग गर्न चाहेमा विद्यालयले नियमअनुसार विद्यालय तहका विभिन्न कक्षाका लागि स्वकृति दिइएका पाठ्यसामाग्री रहेको र पाठ्यक्रम विकास केन्द्रको स्वीकृति पत्र हेरेर मात्र प्रयोग गर्न गराउनुहुन आग्रह गरेको छ ।

कुनै प्रकाशकले स्वीकृति नलिइ पुस्तक विक्री वितरण गरेको पाइएमा वा विद्यालयले स्वीकृति नभएका पुस्तक विद्यालयमा प्रयोग भएको पाइएमा नियमअनुसार कारबाही हुने जनाएको छ ।