काठमाडौ /१५ फागुन – पोखरा विश्वविद्यालयले स्नातक तहको छात्रवृत्तीका लागि दरखस्त आह्वान गरेको छ ।
पोखरा विश्वविद्यालयका आंगिक,संयुक्त आंगिक,सम्बन्धन प्राप्त स्कुल तथा कलेजहरुमा विश्वविद्यालय छात्रवृत्ती सम्बन्धि नियमावलि २०६५ बमोजिम नि:शुल्क छात्रवृत्ति अध्ययनका लागि खुला प्रतियोगिताबाट उम्बेदवार छनोट गर्नुपर्ने भएकोले दरखस्त आव्हान गरेको हो ।




