पट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन अनेरास्वीयुको माग


काठमाडौँ /७ फागुन – नेपाल आयल निगमले पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि बुधबार निगमको कार्यालयमा विद्यार्थीले धर्ना दिई मूल्य वृद्धि फिर्ता लिन ज्ञापनपत्र बुुझाएका छन् ।

निगमले एक हप्तामै दुुई पटक पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि विद्यार्थीहरुले मूल्य वृद्धि फिर्ता लिन भन्दै ज्ञापनपत्र बुुझाएका हुन ।

कोभिड १९ महामारीको अवस्थामा पनि जथाभावी कमिसन र कर थोपरेर उपभोक्तालाई मारमा पारेको भन्दै मूल्य वृद्धि फिर्ताका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु) ले ज्ञापनपत्र बुझाएको हो ।

अहिले पेट्रोलको प्रतिलिटर ११४ रुपियाँ छ भने डिजेल पनि सोही अनुपातमा वृद्धि गरेको छ । त्यस्तै एलपी ग्यासको प्रतिसिलन्डर २५ रुपियाँ वृद्धि गरेको थियो । तर निगमले भने मूल्य वृद्धि स्वाभाविक र नियमित प्रक्रिया रहेको जनाएको छ ।