बलात्कारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरुको प्रदर्शन

काठमाण्डौं/२ फागुन– बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको न्यायका लागि विद्यार्थी संगठनले आज पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।
भागीरथीको हत्यारालाई अहिले सम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेविसंघले पद्मकन्या क्याम्पस अगाडि आज बिहान भागरथीको पक्षमा न्याय माग्दै प्रदर्शन गरेको हो ।
विद्यालयबाट फर्केकी भागरथीको स्थानीय सामुदायिक वनमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउन नेविसंघको माग गरेका छन् ।
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न नसकेको उल्लेख गर्दै प्रदर्शनपछिको कोणसभामा नेविसंघ अध्यक्ष राजिव ढुंगानाले घटनामा संलग्नलाई सरकारले तत्काल कारवाही गर्नुपर्ने बताए । उनले भागरथीको हत्यारा पहिचान गरी कारवाही गर्न सरकारले ढलाइ गरिरहेको भन्दै गुनासो पोखे ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारले बताउँदै आएका छन् ।